Nepali Katha “Diary” एक काल्पनिक कथा “डायरी” By Anmoal Lamichhane
जिन्दगिले सबै कुरा सिकायो, लेख्न सिकायो,लेखेको पढन सिकायो ,अरुको पीडा देख्न सिकायो र पीडाहरु भोग्न पनि सिकायो , तर कहिलै आँसु लुकाएर हास्न सिकाएन । सायद आँसु लुकाएर हास्न सजिलो हुदो हो भने सन्सारका हरेक मान्छेको आँखामा आँसु भन्दा छिटो ओठ बोल्न र खोल्न थाल्नेथिए होला । यदि मलाई पनि येस्तो भैदिएको भए मेरा आँखा र ओठ हरु ले सजिलै बिर्सने थिए उसलाइ । हुन त आज पनि बिर्सेको छैन जब तस्बिर हेर्छु आखाबाट झरेको आँसु ले सम्झाइ दिन्छ्न , जब उसलाइ भुलेर ओठ खोलेर हास्न थाल्छु मेरो हासो ले उसैलाइ नै सम्झिन्छ।
धेरै प्रयास गरे उसलाइ भुल्न लाई , र धेरै चोटि कोसिस गरे उसलाइ समझेर उसको हुन लाई सायद यी दुई कुरा मेरो भाग्य मा नै लेखेर आएका हुदा हुन र त उसलाइ पाउन र गुमाउन सकिन ।थपल्क आखाको आँसु को एक थोपा , ठूलो सिसा को फ्रेम भित्र मुस्कुराइ रहेको मान्छेको अनुहार मा गएर पोखियो । त्यो आँसु गएर पोखिएको अनुहार अरु कसैको थिएन मेरै प्यारो मान्छेको थियो , मेरो आफ्नै मान्छेको थियो , मेरै मुटुमा बसेको मान्छेको थियो । एउटा हात को एउटा औला ले सबै फोटो भरी लतपतिने गरि त्यो एक थोपा आँसु पुच्छेर सिसा भरी बनाइदिए, लाग्यो सम्बन्धमा हुदा र साथ मा हुदा कहिलै उसको आँखा बाट आँसु झार्न दिइन ,सायद आज उसलाइ झार्न नदिएको आशुका थोपाहरु आज उसको फोटोमा मैले आफै झरिदिएर समयले बदला तिरेको जस्तो लाग्यो ।
साच्चिकै कति चिटिक्क परेको फोटो थियो उसको , आखाको गाजल , ओठ को लाली , कालो र थोरै खैरो गरेको कपाल , एउटा कान मा लगाएको झुम्का, गिजा भरी मिलेका समान सेता दात हरु , मुसुक्क हास्दा गालामा पर्न डिम्पल हरु लाग्थियो कि तिमी लाई हेरेर र तिमी लाई देखेर म सधै सपना मा डुबिरहनपाउ । तर आज फरक यति थियो हिजो तिमी सङ्ग साथमा हुदा सपनामा डुब्थिए आज तिमी साथमा नहुदा याद मा डुबिराखेको छु कस्तो बिड्म्बना । टेबुल मा तिम्रो फोटो सङै राखेको एउटा डायरी थियो , तिमी ले तिमै लागि हो भनेर दिएको डायरी थियो । डायरी को अगाडिको कभर मा एउटा उडिरहेको परेबाको मुखमा चिट्ठी थियो त्यो चिठ्ठिको खोलमा रातो पान को पात को लोगो थियो । त्यो लोगो भित्र सानो अक्षरमा लभ लेखेको थियो । कभर निकै सुन्दर थियो ।
राम्रो मान्छेले दिएको कभर साच्चिकै मलाइ राम्रो लागेको थियो । सायद त्येसैले त आजसम्म त्येसलाइ जलाउन र च्यातन सकिन । उस्ले दिएका हरेक उपहार जलाए च्यातेर फाले उस्को अन्तिम र पहिलो उपहार भनेको यहि थियो म सङ्ग । धेरै जतन गरेर राखेको थियो । तिनी भित्र लेखेर राखेका शब्दहरु झनै जतन सङ्ग राखेको थिए । ती शब्द कोरन सहयोग गर्न उसका पुराना र ताजा यादहरु नि दिमाख मा एकदम जतन सित राखेको थिए । यतिका धेरै जतन गरेर राखेको मैले , किन किन उसका यादहरु ले बिगार्दिएको मन भने भताभुङ्ग थियो । डायरिको पहिलो पाना पलटाउन मन लाग्यो , पहिलो पानाको पहिलो लाइन को पहिलो अक्षर दिब्या थियो ।
मेरो जिन्दगी को पहिलो र सुरु को अक्षर हो यो । झन्डै हामी फेसबुक मा बोलेको नि 2 महिना भन्दा धेरै भएको थियो तर हामी ले एक अर्को लाई बुझ्ने कोसिस कहिलै गरेनौ किन कि हामिले बोल्ने भनेको सधै सामान्य कुरा मात्रै थिए के गर्दै छौ खाना खायौ सन्चै छौ बश यी बाहेक अरु केही भएन हामी दुई मा दुई महिना भित्र सायद उस्ले सोध्न चाहिन कि मैले उत्तरको प्रश्न बनाउन सकिन । म पसल मा काम गर्न मान्छे अनि उ कलेज मा पढने मान्छे सायद हाम्रो समय नि नमिलेर होला कुरा नि मिल्न सकेन । दिन बित्दै गए रातहरु एक पछि अर्को गर्दै कट्दैगए तर हामी बिच खासै कुरा भएको भने थिएन ।
क्रमशः
“अब के हुन्छ होला??